दफा २३
बेरुजु फछ्र्यौट समितिको गठन
(१) सामान्य प्रक्रियाबाट फछ्र्यौट हुन नसकेका बेरुजुहरू फछ्र्यौट गर्न समय समयमा सार्वजनिक लेखा समिति र महालेखा परीक्षकको राय लिई नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी देहायका व्यक्तिहरू सदस्य रहने
गरी एक बेरुजु फछ्र्यौट समिति गठन गर्न सक्नेछ ।
(क) सार्वजनिक लेखासमितिले तोकेको समितिको सदस्य – अध्यक्ष
(ख) महालेखापरीक्षकले तोकेको उप– महालेखापरीक्षकवा नायव महालेखापरीक्षक – सदस्य
(ग) सचिव, अर्थ मन्त्रालय वा निजले तोकेको कम्तीमा राजपत्रांकित प्रथम श्रेणीको अधिकृत – सदस्य
(घ) महालेखा नियन्त्रक वा निजले तोकेको लेखा तर्फको कम्तीमा राजपत्रांकित प्रथम श्रेणीको अधिकृत – सदस्य
(ङ) नेपाल चार्टड एकाउण्टेण्ट्स संघले मनोनयन गरेको चार्टड एकाउण्टेण्ट्स एकजना – सदस्य
(च) नेपाल सरकारले तोकेको व्यक्ति – सदस्य–सचिव
(२) उपदफा (१) बमोजिम गठित बेरुजु फछ्र्यौट समितिको कार्य क्षेत्र नेपाल सरकारले महालेखा परीक्षकको परामर्श लिई नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकिदिए बमोजिम हुनेछ ।
(३) उपदफा (१) बमोजिम गठित बेरुजु फछ्र्यौट समितिले बेरुजु फछ्र्यौट गर्दा अपनाउनु पर्ने कार्यविधि तोकिएबमोजिम हुनेछ ।